Tuesday, July 13, 2010

मिशिला राम्रो कि मिशुला???


म बल्ग चलाउन भर्खरै सिक्दै छु मतलब म सिकारु हु भन्दा word लाई justice  होला भन्नु पर्छ । के बाट सुरु गरु भन्ने कुरा सोचि राखेको बेलामा आफ्नै बारेमा केहि गफ दिन मन लाग्यो। हुनत हामी सबैलाइ आफ्नो तारिफ गरेको खुबै मज्जा
लाग्छ। म पनि आफ्नो कमेन्ट गरेको खुबै मन पराऊँछु।
कुरा लाइ न बड्गाइ सिधै bamboo भाषा
मा भन्नु पर्दा आज मलाइ मेरो आफ्नो नाम  (मिशुला) कसरि हुन गयो भन्ने बारेमा केहि जानकारि दिन मन लाग्यो। हुनत जो मेरो सम्पर्कमा पहिलो पल्ट आहुनुहुन्छ मेरो नाम कै बारेमा सोध्नु हुन्छ।
मेरो परिवार मा जम्मा ४ जना मात्र हुनुहुन्छ। मेरो बुबा पेसाले ब्यापारि हुनुहुन्छ र well educated हुनुहुन्छ अनि ममि पनि। म नेवार community  मा हुर्को हुनाले नेपाली भन्दा पनि नेवारि धेरै बोल्न थालेकि थिय त्यसकारण मेरो बुबा मेरो बारेमा अलि चिन्ता बडि गर्नुहुन्थो। त्यति बेला मेरो दाइ boarding school जान थालि सक्नु भयको थियो। अब मेरो पालो थियो क्यारे म पनि boarding school मा भर्ना भए। बिस्तारै मेरा साथि हरुको संख्या बद्डै गयो र म त बिस्तारै नेवरि लाइ see you again गर्दै English लाइ welcome पो गर्न थालि सकेकि थिय।
अब त म नेपालि र English  लाई मिश्रण गरि गरि बोल्न थालिकि थिय। र कसैले नानु तिम्रो नाम के हो भन्दा म जवाफ दिन्थे – me शिला । यसरि भन्दै जादा मेरो नाम मिशिला बाट मिशुला हुन गयो।
मिशिला राम्रो कि मिशुला??? यो जिम्मा तपाईकै
Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

3 comments (+add yours?)

Aakar said...

"नेवरि लाइ see you again गर्दै English लाइ welcome पो गर्न थालि सकेकि थिय"

गज्जब रमाइलो पो गरिएछ त !

meशिला भनेको भए त ठिकै छ तर 'मिशुला' कति राम्रो छ कति !
:)

वेदनाथ पुलामी (उमेश ) said...

निकै राम्रो ब्लग रहेछ अनि मिठाकुरा !
म त मिशुला को केहि अर्थ रहेको होला भन्ठान्या तर यो त मिशिला बाट अपभ्रंश भै मिशुला पो हुन् गएको रहेछ ! तर मिशिला पनि नराम्रो चाही छैन है !

bamboo भाषामा आफ्नै कुरा गर्नु भएको भए'नि ! दामी र रमाइलो रहेको छ ! धन्याबाद me शिला जी !

Paresh said...

अँ, हजूरले आफ्नो नामको बारेमा लेख्नुृ भएकोमा हजूरलाई धन्यवाद । मैले त हजूरको नाम मिथिला पो पढेछु । अनि नामको बारेमा चर्चा भएको लेख हेर्दा मात्र सही नाम उच्चारण गरेछु । साँच्चै, रमाइलो रहेछ ।

Post a Comment