Tuesday, July 13, 2010

विश्वकप २०१० का केही रोचक तथ्यहरु

जोहानसवर्ग- यस पटकको विश्वकपमा सबभन्दा बढी फाउल गर्ने टोली नेदरल्यान्डस् हो भने सबभन्दा कम फाउल खेल्ने उत्तर कोरिया हो। फाउलबाट सबैभन्दा बढी सताइएको टोली स्पेन हो। एक मात्र अपराजित टोली न्युजिल्यान्ड रह्यो। विश्वकप २०१० का केही रोचक तथ्यहरु-




उत्कृष्ट खेलाडी – डिएगो फोर्लान (उरुग्वे)

गोल्डेन बुट विजेता – थोमस मुलर (जर्मनी )

उत्कृष्ट युवा खेलाडी – थोमस मुलर (जर्मनी)

उत्कृष्ट गोलरक्षक – इकर कासियास (स्पेन)

अनुशासित टोली – स्पेन

बढी गोल गर्ने टोली – जर्मनी (१६ गोल)

व्यक्तिगत उच्च गोल गर्ने

(५ गोल)– थोमस मुलर (जर्मनी), डेभिड भिआ (स्पेन), वेस्ली स्नाइडर (नेदरल्यान्डस), डिएगो फोर्लान (उरुग्वे)

कम गोल गर्ने टोली – होन्डुरस, अल्जेरिया (०)

धेरै गोल खाने टोली – उत्तर कोरिया (१२)

सर्वाधिक सट हान्ने टोली – स्पेन (१२१)

सर्वाधिक सट हान्ने खेलाडी – असामोह जियान (घाना) ३३

सर्वाधिक सट प्रहार भएको खेल – उरुग्वे र घाना (४९)

सबैभन्दा कम सट हान्ने टोली – न्युजिल्यान्ड १५

सबैभन्दा कम सट प्रहार भएको खेल – आइभोरी कोस्ट र पोर्चुगल १२

सर्वाधिक बचाउ गरको खेल – रिर्चाड किङसन (घाना) २४

सर्वाधिक बढी फाउल गर्ने टोली – नेदरल्यान्डस १२६

सबैभन्दा कम फाउल गर्ने टोली – उत्तर कोरिया २६

सर्वाधिक फाउल गर्ने खेलाडी – किसुइके होन्डा (जापान) १९

फाउलबाट सर्वाधिक सताइएका खेलाडी – आन्द्रेइ इनिस्टा (स्पेन) २६

फाउलबाट सर्वाधिक सताइएको टोली – स्पेन (१३४)

सर्वाधिक फाउल भएको खेल – पाराग्वे र जापान (५५)

सबैभन्दा कम फाउल भएको खेल – जर्मनी र इङ्ल्यान्ड (१३)

सर्वाधिक पहेँलो कार्ड पाउने टोली – नेदरल्यान्डस (२२)

सबैभन्दा कम पहेँलो कार्ड पाउने टोली – उत्तर कोरिया (२)

सर्वाधिक पहेँलो कार्ड प्रयोग भएको खेल – स्पेन र नेदरल्यान्ड्सबीचको फाइनल (१३)

सर्वाधिक पास खेल्ने टोली – स्पेन (३८०३)

सर्वाधिक पास खेल्ने खेलाडी – हाभी (६६९)

सबैभन्दा कम पास खेल्ने टोली – न्युजिल्यान्ड (६६३)

विश्वकपको गोलसंख्या – १४५

पहेँलो कार्ड – २४६

रातो कार्ड – १७

अपराजित एक्लो टोली – न्युजिल्यान्ड (खेलेका सबै बराबर) Digg It! Stumble Delicious Technorati Tweet It! Facebook

0 comments (+add yours?)

Post a Comment