आज नागरिक समाचार मा आएको यो समाचार ले मेरो आक्रोश लाइ पनि सम्बोधन गरेको छ ।
खास लेख यस्तो छ।
मंगलबार साँझ पाँच बजे म ठमेलबाट हिँड्दै दरबारमार्ग जाँदै थिएँ। बाटो काटेर केही अघि बढ्दा अमेरिकन रिक्रिएसन सेन्टरको गेटनिर दुई आदरणीय वृद्ध व्यक्तित्वसँग भेट भयो। भौतिकशास्त्रका प्राध्यापक सुरेशराज चालिसे र समाजशास्त्रका प्राध्यापक प्रयागराज शर्मा।
चालिसे सर चार दशकअघि त्रिचन्द्रमा आइएस्सी पढ्दा मेरो गुरु। प्राध्यापक शर्मालाई पनि म धेरै सम्मान गर्छु। भेट्नेबित्तिकै चालिसे सरले मेरो फोन नम्बर माग्नुभयो। हामी पेटीमा उभिएका थियौं।
फोन नम्बर दिन नभ्याउँदै सशस्त्रको एउटा जवानले चालिसे सरलाई धकेले। सामान्य जवान भएकाले म उनलाई तारो बनाउन चाहन्नँ। त्यसैले नाम उल्लेख गर्दिनँ।
मैले किन धकेलेको भन्ने प्रश्न गरेँ। उनले मलाई मुख छाड्दै पेटीमा उभिन नपाइने जवाफ दिए। मैले प्रश्न गरेँ, कुन कानुनले यहाँ उभिन रोक लगाएको छ?
उनले मलाई हात हाले। म दबिनँ। बोकेको बन्दुक देखाउँदै ‘यसमा गोली छ' भनेर तर्साउन खोजे। उनले यतिसम्म गरेपछि म सुरुक्क हिँड्न भएन। प्रहरीले यो बाटो हिँडेको भनी दैनिक कतिलाई हप्काउँदो हो! कतिलाई थप्पड लगाउँदो हो! हिसाबकिताब गर्नै पर्ने भयो। मैले सडक पेटी नछाड्ने निधो गरे। गुरुहरूले पनि मलाई साथ दिनुभयो।
मैले सशस्त्र आइजिपी सनत बस्नेतलाई फोन गरेँ। प्रश्न गरेँ, ‘कुन कानुनले नेपाली नागरिकलाई ‘अमेरिकीको जाँड खाने अड्डा'को पर्खालबाहिर पेटीमा हिँडडुल गर्न रोक लगाएको छ?'
सेन्टरको पश्चिमपट्टि निर्वाचन आयोग अगाडिको पेटीबाट निर्वाध हिँड्न पाइन्छ। सेन्टर उत्तर साविकको नारायणहिटी दरबार, अहिलेको परराष्ट्र मन्त्रालय पेटीमा हिँड्न वा उभिन कुनै रोकतोक छैन। सेन्टरबाहिर हिँडेकै भरमा ज्यादति गर्ने छुट सरकार वा सशस्त्र प्रहरीलाई कसले दियो? मेरो प्रश्नको जवाफ बस्नेतले दिन सकेनन्।
बस्नेतले डिआइजी देबेन्द्र सुब्बालाई खटाएछन्। उनी आएर दुर्व्यवहार भएकै हो भन्ने प्रश्न गरे। यस्तो प्रश्नले मलाई दुखी तुल्यायो। सामान्य मानिसलाई भए राज्यले अझ कति दुख दिँदो हो भनेर दिक्क पनि लाग्यो।
यत्रो महाभारत भैसक्दा पनि अविश्वासले प्रश्न गर्ने डिआइजीसँग मैले कुरा गर्न चाहिनँ। भनिदिएँ, ‘तपाईं पूर्वाग्रही भएर आउनुभएको छ, म कुरा गर्दिनँ।' त्यसपछि एआइजी कोशराज वन्त आए।
उनले फेरि घटना विवरण सोधे। मैले आइजिपी बस्नेतलाई गरेको पुरानै प्रश्न दोहोर्याएँ, ‘सडकपेटीमा हिँड्न कुन कानुनले रोक लगाएको छ? दुईजना विख्यात प्राध्यापक र मैले सुरक्षालाई खलल पुर्याउने के गतिविधि गरेका थियौं?'
वन्तले सशस्त्रको तर्फबाट माफी मागे। मैले सार्वजनिक रूपमा क्षमायाचना गर्नुपर्छ भन्ने माग गरे। बस्नेतले टेलिफोनबाट क्षमा माग्ने वचन दिएपछि एक घन्टा लामो बहस सकियो। वन्तको निर्देशनमा ती प्रहरी जवानलाई जनपद प्रहरीले पक्राउ गरेर दरबारमार्ग थानामा लग्यो।
मैले बस्नेतलाई फेरि फोन गरेँ र ती सिपाहीलाई ठूलो कारबाही नगर्न अनुरोध गरेँ। उनलाई गर्ने कारबाहीले समस्या समाधान हुन्छ भन्ने मलाई लाग्दैन। संगठनले जस्तो सिकाएको छ, उनले त्यस्तै व्यवहार गरेका हुन्। मलाई दुर्व्यवहार गर्नेलाई मात्र कारबाही गर्ने होइन, यस्तो अत्याचार रोकिनुपर्छ भन्ने मेरो जिकिर हो।
एउटा जवानले हात हालेको बिषय मैले मुद्दा बनाउन चाहेको हैन। दिनहुँ कति नागरिक यस्तो अन्यायको सिकार भइरहेका छन् भन्ने चासो हो। पेटीमा कुनै छेकबार छैन। कुनै कानुनले सेन्टर बाहिरको सेरोफेरोलाई निषेधित क्षेत्र भनेको पनि छैन। त्यत्तिकै पैदल यात्रुलाई बन्दुक तेर्साउन पाइन्छ?
नागरिकमाथि यस्तो दुर्व्यवहार अब नदोहोर्याउने बिषयमा आइजिपी मात्र हैन, सरकारले पनि जवाफ दिनुपर्छ।
युवराज घिमिरे
युवराज घिमिरे बि बि सि नेपालि सेवा मा र कान्तिपुर दैनिक मा काम गरि सक्नु भको पत्रकार हुनुहुन्छ।
खास कुरो के भने मेरो अफिस दरबार मार्ग मा छ र मेरो कम्पनि को sister concern चाहिँ ठमेल, हाम्रा staff हरुलाइ २-३ दिन मा भेटेर उहाँ हरुलाइ नयाँ कुरो र सन्देश पुराउने काम मेरै जिम्मा मा छ। त्यसैले म दरबारमार्ग र ठमेल त पानि पधेरो जस्तै भको कुरो परो।
१ दिन सधै जसो म ठमेल को लागि निस्केको थीए , उसै त गर्मि त्यस माथि काठमान्ठौ को बिजि सडक म यसो गर्मि छल्न र बाटो मा हरियो बत्ति नबले सम्म को लागि अमेरिकन रिक्रिएसन को wall मा के बसेकि थिय १ जना नेपालि प्रहरि को दाइले बहिने यहाँ बस्न पाइन्न भनेर अलि नम्रो पारा ले भनेको सुनेर झन्नक रिस त उठ्यो तर म केहि बोल्न सकिन
मात्र मन ले सोध्यो के म नेपालि होइन र?
आफ्नो देशमा त यस्तो छ अरुको देशमा झन के होला ?????
0 comments (+add yours?)
Post a Comment