१२ को exam
दियर रिजलटको पर्खाइ मा हुने भाइ बहिनि को सम्बाद: Ø साले!! के गर्दै छस हँ? टाइम पास कसरि गर्छस/ गर्छेस?
म त IELTS (Internationale English Language Testing System) गर्दै छु ।
Ø होर म त TOEFL (Test Of English as a Foreign Language) गर्दै छु । य होर कहाँ गर्दै छस त ?
कहाँ हुनु नि पुतलिसडक तिर त हो नि , ११ देखि १ सम्म त IELTS को क्लास छ, साढे १ देखि hardware को क्लास छ। टाइम पास भइरहछ। next season को लागि try गर्नु पर्ला।
Ø ये होर हेर्न म नि IELTS गर्ने भनेको उता मेरो दिदि ( मामा को छोरि) TOEFL गर भन्नु भो त्यसैले।
…………………………
Bachelor
र master
गरि सकेका कुरा .
Ø साले!! के गर्दै छस हँ? टाइम पास कसरि गर्छस/ गर्छेस?
के गर्नु GRE/GMAT को preparation गर्दै छु
……………………………….
आज को हाम्रो बास्तबिकता यहि हो । अझ भनु भने बिगत ४-५ बर्ष पहिले देखि हाम्रो समाज को यो एउटा पाटो बनेको छ।
मेरो कुरो र भन्न खोजेको के हो भने यहि १२ (२८ तारिख) मेरो १ जना साथिको IETS को exam रैछ र उसको सेन्टर ललितपुर को बिशाल बजार मा रैछ , उसले बिशाल बजार नदेखेको हुनाले म पनि उ सँगै साथी गइदिनु पर्यो र बिहान को ११:३० बजेतिर मेरो स्कुटि हानियो बिशाल बजार तिर।
आफु त business को student अनि मेरो अन्तरमन ले सोच्न थाल्यो, कति धेरै student बिदेश जानको लागि exam दिन लागेको , १ मनले के पनि सोच्यो भने जसले जे भने पनि सबै महिनाको लाख लाख का बिटा कमाउने सोचमा त जान आटेको हो नि ।
तर कुर त्यो भन्दा पनि के हो भने British council र American library ले कति कमाउदो हो हप्ता का हप्ता का। यसो सोच्ने हो भने हामि जस्तो गरिब भनिने देश को जनताको पैसा बाट नै कति मजाले कमाउछन यो कुहिरेको बच्चाले, मान्नु पर्छ कुहिरेको trick लाइ ।
कुरो यति मात्र भय त हुन्थो नि visa charge भनेर कति कुमलाउछन होला………………….visa दिए त जाति हुन्थो अझ त्यो चिल्लो पासपोर्टमा reject को ट्याग लाइदिदा त कति मन रुन्छ होला………………
हस्त आजलाई
नमस्ते
(यो मेरो आफ्नै मनको कुरो मात्र हो, मेरो concern कसैलाइ बिदेश जानु राम्रो वा नराम्रो भन्ने होइन।)
1 comments (+add yours?)
कुरा सही नै छ तिम्रो पनि !!!
:)
Post a Comment